+
+

इन्डोनेसियामा ६.२ रेक्टर स्केलको भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १३:३०

१३ फागुन, काठमाडौं । इन्डोनेसियामा ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । सुमात्रा टापूको पश्चिमी तट नजिकै गएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

शुक्रबार आएको भूकम्पको धक्का मलेसिया र सिंगापुरसम्म महसुस गरिएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुईजनाको मृत्यु भएको र कैयौं घाइते भएको इन्डोनेसियाका अधिकारीले बताएका छन् ।

‘हालसम्म दुई जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी प्राप्त भएको छ’, पत्रकारसँग कुरा गर्दै इन्डोनेसियाको राष्ट्रिय विपत् व्यवस्थापन निकायका प्रमुख सुहार्यन्टोले भने । भूकम्पका कारण कैयौं घर र भवनमा समेत क्षति पुगेको छ ।

अधिकारीहरूले सार्वजनिक गरेका तस्वीरमा ढलेका घरसहित पश्चिमी पासामन जिल्लाको एक विद्यालयको छत खसेको देख्न सकिन्छ । भूकम्पलगत्तै आएको पहिरोपछि उक्त जिल्लामा केही घर पुरिएको अधिकारीको भनाइ छ ।

तर, अधिकारीहरूले सुनामीको कुनै चेतावनी दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?