+
+
Shares

चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते ५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिलीको उत्तरी क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
  • चिलीको राष्ट्रिय विपद् रोकथाम तथा प्रतिक्रिया सेवाले भूकम्पबाट सुनामीको जोखिम नरहेको र हालसम्म मानवीय क्षतिको विवरण नआएको जनाएको छ ।
  • सन् १९६० मा चिलीको दक्षिणी क्षेत्रमा गएको ९.५ म्याग्निच्युडको भूकम्पलाई हालसम्मकै सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ ।

१२ जेठ, काठमाडौं । चिलीको उत्तरी क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । तर तत्काल मानवीय क्षति वा भौतिक क्षतिको कुनै रिपोर्ट प्राप्त भएको छैन ।

अमेरिकी निकायका अनुसार भूकम्प अटाकामा मरुभूमि क्षेत्रमा, कालामा सहरबाट करिब ३१ किलोमिटर दूरीमा, जमिनको सतहबाट करिब १०० किलोमिटर (६३ माइल) गहिराइमा गएको थियो।

चिलीको राष्ट्रिय विपद् रोकथाम तथा प्रतिक्रिया सेवाले भूकम्पबाट सुनामीको जोखिम नरहेको र हालसम्म घाइते वा गम्भीर क्षतिको कुनै विवरण नआएको जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अरिका, तारापाका, एन्टोफागास्टा र अटाकामा क्षेत्रहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

दक्षिण अमेरिकी मुलुक चिली विश्वका सबैभन्दा बढी भूकम्प प्रभावित हुने देशमध्ये एक हो । चिलीका नागरिकहरू ७.० म्याग्निच्युडभन्दा कम शक्तिका भूकम्पलाई सामान्य रूपमा ठूलो चिन्ताको विषय मान्दैनन् ।

चिलीको भूभागभित्र नाज्का, दक्षिण अमेरिकी र अन्टार्कटिक गरी तीन वटा टेक्टोनिक प्लेट एकआपसमा जुध्ने क्षेत्र रहेको छ, जसका कारण भूकम्प गइरहन्छ ।

सन् १९६० मा चिलीको दक्षिणी सहर भाल्डिभिया ९.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट तहसनहस भएको थियो । यसलाई अहिलेसम्म रेकर्ड गरिएको विश्वकै सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ । उक्त घटनामा ९ हजार ५०० जनाको मृत्यु भएको थियो ।

त्यस्तै, सन् २०१० मा मध्य चिलीको तटीय क्षेत्रमा ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबाट आएको सुनामीका कारण ५२० भन्दा बढी मानिसको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?