News Summary
Generated by OK AI. Editorially reviewed.- शनिबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर ५ म्याग्निट्युडको भूकम्प गएको छ ।
- राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का रुकुम पूर्वसहित अर्घाखाँची, दाङ र रोल्पाका स्थानीयले महसुस गरेका छन् ।
- भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै पनि विवरण हालसम्म प्राप्त भएको छैन ।
३ साउन, काठमाडौं । रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ ।
अर्घाखाँची, दाङ, रोल्पालगायत आसपासका जिल्लाका स्थानीयहरूले कडा धक्का महसुस भएको उल्लेख गरेका छन् ।
भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4