+
+

यी हुन् संसारका सबैभन्दा कान्छा अर्बपति, ९ वर्षको उमेरमै अर्बौंको मालिक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १३:४५

नौ वर्षको उमेरमा हामी धेरैलाई एक अर्ब भनेको कति हो ? भन्ने पनि थाहा हुँदैन । तर सबैको जीवन एउटै कहाँ हन्छ र ? नाइजेरियाका एक बालक ९ वर्षको उमेरमै अर्बपति बनेका छन् र आलिशान जिन्दगी बिताइरहेका छन् । उनको जिवनशैली कारण उनी संसारका सबैभन्दा कम उमेरका अर्बपतिको नामले चिनिन्छन् ।

उनको नाम मोहम्मद अवाल मुुस्तफा उर्फ मोम्फा जुनियर हो । आलिशान जिन्दगी बिताइरहेका मुस्तफाका लागि ६ वर्षको उमेरमै पहिलो हबेली खरिद गरिएको थियो ।

द सनको रिपोर्ट अनुसार उनीसँग निजी हवाइजहाज पनि छ । सोही जहाजबाट उनी संसारको यात्रा गर्दछन् । उनीसँग अन्य महलका साथै पहिलेदेखि नै सुपरकारहरू छन् ।

नाइजेरियाको लागोसमा बस्ने मोम्फा जुनियर नाइजेरियाली इन्टरनेट सेलिब्रेटी तथा अर्बपति इस्माइलिया मुस्तफाका छोरा हुन् । मोम्फा आफैं पनि इन्टरनेट सेलिब्रेटी हुन् ।

उनको इन्स्टाग्राम अकाउन्टमा ४५ हजार २०० भन्दा धेरै फलोअर्स छन् । त्यहाँ उनले आफ्नो भव्य जीवनशैलीका तस्वीर पोस्ट गर्दछन् । उनले निकै ब्राण्डेड, स्टाइलिस तथा डिजाइनर कपडा लगाउने गर्दछन् ।

सुपरकारहरूसँगै तस्वीर खिचाउँछन् । एउटा तस्वीरमा उनी निजी जेटभित्र बसेर खाना खाइरहेको देखिन्छ । उनीसँग पहेंलो रङको फरारी, बेन्टले फ्लाइंग स्पर, रोल्स रोयस व्रेथलगायतका सुपरकार छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?