
१३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अमेरिकी सहयोगसम्बन्धी सम्झौताको विषयमा नेकपा एमालेले प्रष्ट धारणा राख्न नसकेको भन्दै आलोचना गरेका छन् ।
‘केपी ओलीले एमसीसीलाई समर्थन गर्छु पनि नभन्ने र समर्थन पनि नगर्ने । न भाले न पोथीको चाल केपी ओलीले देखाइरहनु भएको छ’ शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले भने ।
एमसीसीमा रहेका कतिपय विषयहरू मिलाउनुपर्ने भएकाले सुधार गरेर र प्रष्ट पारेर मात्रै अगाडि बढाउन सकिने आफूहरूको भनाइ रहेको पनि उनले सुनाए ।
‘हामी ढुक्क हुन चाहन्छौं कि नेपाल इन्डो प्यासिफिक स्ट्याटेजीको अंग बन्न चाहँदैन । कुनै सैन्य गठबन्धनमा, कसैको सुरक्षा रणनीतिमा नेपाललाई पार्न दिइने छैन्’ एमसीसीमा संशोधन र प्रष्टता आवश्यक रहेको भन्दै अध्यक्ष नेपालले भने ।
यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि उनले दोहोर्याएका छन् ।
प्रतिक्रिया 4