
१३ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
सम्पन्न साधरण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।
काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठनमा सम्पन्न साधरण सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन समेत पारित गरेको छ ।
०७८ असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव ०७७/७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु समेत स्वीकृत भएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले सेयरधनीहरुबाट प्राप्त सल्लाह सुझावलाई सकारात्मक रुपले लिएर अघि बढ्ने बताए । सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले गरेको सहयोग प्रति धन्यवाद दिँदै उनले आगामी दिनमा पनि यस्तै सहयोग निरन्तर प्राप्त हुने आशा व्यक्त गरे ।
वार्षिक साधारण सभाले सञ्चालक पदमा संस्थापक समूह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपककुमार रौनियार र सर्वसाधारण समूह (ख) बाट श्यामसुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई चयन गरेको छ ।
साथै सोही साधरण सभाले सञ्चालक समितिको ५१८औं बैठकले राजेश उपाध्यायलाई नै पुनः बैंकको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
प्रतिक्रिया 4