+
+
Shares

महालक्ष्मी बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत छ । पछिल्लो आव सोही अवधिमा बैंकको कोष लागत प्रतिशत ७.६२ प्रतिशत थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १९:०३

९ वैशाख काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल भएको जनाएको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत छ । पछिल्लो आव सोही अवधिमा बैंकको कोष लागत प्रतिशत ७.६२ प्रतिशत थियो ।

कोष लागत प्रतिशत कम हुँदा त्यसको सकारात्मक असर आधारदरमा समेत परेको जनाइएको छ । जसअनुसार बैंकको आधारदर चैत मसान्तसम्म ७.१४ प्रतिशत छ जुन प्रायः बैंकभन्दा कम छ ।

बैंकको आधारदर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा त्यसको लाभ ऋणीले लिन सक्ने बैंकले जनाएको छ ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोषको तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनतम पूँजी कोष चैत मसान्तसम्म १५.७५ प्रतिशत छ । जुन गत आव चैत मसान्तमा १२.७५ प्रतिशत थियो ।

न्यूनतम पूँजी कोष बढी भएको अवस्थामा बैंकहरूलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । यसरी बैंक पूँजीका हिसाबले सबल रहेको र आगामी दिनमा व्यवसाय विस्तार गर्नलाई समेत पूँजी अभाव नरहने जनाइएको छ ।

हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ भने आगामी दिनमा बैंकले आफ्ना वित्तीय सेवा थप प्रविधिमैत्री बनाउँदै जानेसमेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?