
काठमाडौं । विष्णुप्रसाद शर्मा पराजुलीको कृति ‘तिब्बत यात्रा’ अंग्रेजी भाषामा अनूदित भएको छ । प्रकाशक बुक्स हिमालयले बिहीबार काठमाडौं गेष्ट हाउसको प्रांगणमा आयोजना गरेको कार्यक्रममा ‘जर्नी टु तिब्बत’ लोकार्पण गरिएको छ ।
कार्यक्रममा वरिष्ठ सञ्चारविज्ञ प्रा. रामकृष्ण रेग्मी, पत्रकारहरू श्रीराम सिंह बस्न्यात र प्रमोद प्रधानका साथै साहित्यकार छविरमण सिलवाल र प्रकाशक पवन शाक्यले पुस्तक सार्वजनिक गरे ।
यो पुस्तकमा तिब्बतको प्रकृति, संस्कृति र जीवनशैली मात्र होइन, भोटको जीवन दर्शन समेत झल्काइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सञ्चारविज्ञ रेग्मीले साहित्यप्रेमी, घुमन्तेका अलावा प्लस टुका विद्यार्थीका लागि यो पुस्तक रिफ्रेन्स बन्नलायक रहेको बताए ।
नियात्राकार पराजुलीका यसअघि तिब्बत यात्रा, डोल्पोः विश्वको जीवित सङ्ग्रहालय र श्वेत पर्वत कृति प्रकाशित छन् ।
जर्नी टु तिब्बतमा रंगीन तस्वीर र ठाउँ–ठाउँका नक्शा पनि राखिएको छ । ३५६ पेज भएको पुस्तकको मूल्य ९९५ रुपैयाँ राखिएको छ । पाठकले बुक्स हिमालय डटकम अनलाइन र एमेजनबाट समेत पुस्तक खरिद गर्न पाउने प्रकाशकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4