News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार सबै प्रकारका गोलभेँडाको थोक मूल्यमा गिरावट आएको छ।
- स्थानीय बजारमा सानो लोकल गोलभेँडाको मूल्य प्रतिकिलो दुई रुपैयाँले घटेर ६ रुपैयाँमा झरेको छ।
- ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ३३ रुपैयाँ र टनेलको गोलभेँडा १३ रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ।
३० असार, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य अत्याधिक घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार मंगलबार सबै प्रकारका गोलभेँडाको मूल्यमा कमी आएको हो ।
तथ्यांकअनुसार सानो लोकल गोलभेँडा प्रतिकिलो ६ रुपैयाँमा झरेको छ । सोमबार प्रतिकिलो थोकमा ८ रुपैयाँमा किनबेच भएकोमा आज २ रुपैयाँ घटेर ६ रुपैयाँमा झरेको छ।
त्यस्तै नेपाली ठूलो गोलभेँडा आज मंगलबार प्रतिकिलो थोकमा औसत ३३ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो प्रतिकिलो ४० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी टनेलको गोलभेँडाको मूल्य पनि घटेको छ । हिजो सोमबार प्रतिकिलो १४ रुपैयाँमा किनबेच भएको उक्त गोलभेँडा आज प्रतिकिलो १३ रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4