+
+

गठबन्धन टुट्दैन, सहमतिको बाटो खोज्दैछौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते १७:४५

१४ फागुन, कामठाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गरेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको उनको भनाइ छ ।

शनिबार सिंहदरबारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताबीच यसै विषयमा छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढने संक्षिप्त प्रतिक्रिया दिए ।

‘हामी छलफल गरिराखेका छौं । समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । सहमतिको बाटोबाटै अघि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?