+
+

शंकर पोखरेलको प्रश्न : प्रचण्ड र माधव नेपालसँग भएकाहरूले सोच्ने बेला भएन र ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते ११:४३

१५ फागुन, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अवसरवादीको संज्ञा दिएका छन् ।

माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि महासचिव पोखरेलले सामाजिक संजालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालमा प्रचण्ड र माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा जे-जे विषय उठाएका थिए समयक्रममा ती सबै विषय छोडेर आफूलाई चरम अवसरवादी भएको प्रमाणित भएको पोखरेलले जिकिर गरेका छन् ।

तथापि, प्रचण्ड र माधव नेपालको साथमा रहनेहरुले अझै अध्यक्ष ओलीलाई नै समस्या मान्ने गरेको उल्लेख गरे । प्रचण्ड र माधव नेपालवाट संचालित अभियानहरु सत्ता स्वार्थवाट प्रेरित दक्षिणपंथी अवसरवादमा आधारित अभियान थिए भन्ने पुष्टि हुँदै गएको उल्लेख गर्दै उनले थपे, ‘यस्तो अवस्थामा प्रचण्ड र माधव नेपालको साथमा रहेकाहरूले नयाँ ढंगले सोच्ने वेला भएन र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?