+
+

चुनाव अघिको गठबन्धनले देश बन्धक : पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १७:१३
फाइल तस्वीर

२४ माघ,बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनअघि गरिएको गठबन्धनले मुलुकलाई बन्धक बनाएको बताएका छन् ।

जनताबाट तिरस्कृत दलहरु समेत गठबन्धनको आडमा चुनावमा जितेर सत्तामा टिकिरहन पाएपछि मुलुक सबै क्षेत्रमा अप्ठ्यारोमा परेको उनले टिप्पणी गरे ।

रुपन्देहीले बुटवलमा नेकपा एमालेले आयोजना गरेको प्रशिक्षणमा महासचिव पोखरेलले गठबन्धनमा आवद्ध दलहरु सत्ता टिकाउने खेलमा मात्र व्यस्त भएको आरोप पनि लगाए ।

कांग्रेस सधैं यथास्थितिको पक्षधर भएको र आन्दोलन संस्थागत गर्ने बेला जहिल्यै धोका दिने गरेको आरोप लगाउंदै उनले एमालेको सरकारले मात्र मुलुकको विकास गर्ने दाबी गरे । आगामी चुनावमा एमालेको बहुमत आउने गरी काम गर्न नेता कार्यकर्तालाई उनले निर्देशन गरे ।

दुर्गा प्रसाईँ अराजकताको प्रतिनिधि भएको टिप्पणी गर्दै पोखरेलले त्यस्ता व्यक्ति बेलाबखत पार्टीमा जन्मने बताए । यस्ता व्यक्तिप्रति पार्टी र जनता होसियार हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?