+
+

अमेरिकाका लागि नेपाली राजदूतमा खत्री नियुक्त

अमेरिकाका लागि नेपाली राजदूतमा प्रा. श्रीधर खत्री नियुक्त भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १७:१६

१५ फागुन, काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूतमा प्रा. श्रीधर खत्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खत्रीलाई राजदूत नियुक्त गरेकी हुन् ।

सरकारले १४ कात्तिकमा खत्रीलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो भने २५ भदौमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । तर अमेरिकाबाट एग्रिमो आउन समय लागेपछि राजदूत नियुक्तिमा बिलम्ब भएको थियो ।

हेर्नुस् राष्ट्रपति कार्यालयको विज्ञप्ति 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?