+
+

पहिरोमा पुरिएर टिपर चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १९:०८

काभ्रे । बनेपा नगरपालिका-१४ अवस्थित ढुङ्गा खानीमा आइतबार दिउँसो करिब २ बजे पहिरो जाँदा टिपर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि खड्काका अनुसार दोरम्बा शैलुङ गाउँपालिका- ४ रामेछापका श्याम मगरको मृत्यु भएको हो ।

टिपरसँगै रहेको स्काभेटरमा रहेका अन्य दुईजना घाइते भएका छन् । उनीहरूको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरू खतरामुख्त रहेका प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?