+
+

बुटवलमा घरमा आगलागी हुँदा ६० लाखको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १९:४४

१५ फागुन, बुटवल । बुटवलमा एक घरमा आगलागी हुँदा करिब ६० लाख रुपैयाँको क्षति भएको छ । बुटवल उपमहानगरपालिका–१ (पारी बुटवल) स्थित हकिम मियाको साढे २ तले घर र घरमा रहेको रेष्टुरेन्टमा दिउँसो भएको आगलागी भएको हो ।

इलाका प्रहरी कार्यलय बुटवलका अनुसार टिनले छाएको पुरानो घरमा विद्युत सर्ट हुँदा आगलागी भएको हो ।

आगलागीलाई बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाका चार वटा दमकल, स्थानीय र प्रहरीले दुई घण्टापछि साँझ ६ बजेतिर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।

आगलागीका कारण जोडिएको पक्की घर पनि चर्किएको डीएसपी केसीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?