+
+

नेपाली कांग्रेस कैलाली सभापतिको मतगणना १० बजेपछि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते ८:२२

१६ फागुन, धनगढी । नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २४८६ मत खसेको छ ।

धनगढीको कबर्ड हलमा आइतबार अबेर राति सम्पन्न भएको मतदानमा कुल दुई हजार ५७२ मतमध्ये २४८६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

राति अबेर भइसकेकाले उम्मेदवारहरूबीचको सहमतिका आधारमा सोमबार मात्र सभापति पदको मतगणना गर्ने तय भएको छ ।

निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले सोमबार बिहान १० बजेपछि पार्टी कार्यालयमा सभापति पदको मतगणना  सुरु गरिने  जानकारी दिए ।

कांग्रेसको सभापतिका लागि नारायणदत्त भट्ट, प्रकाश बम र रामबहादुर कलेलले प्यानलसहित उम्मेदवारी दिएका छन् । कांग्रेसको विधानअनुसार कुल खसेको मतमध्ये ५१ प्रतिशत मत ल्याउने उम्मेदवार विजयी हुुनेछ ।

पहिलो चरणमा कुनै एक जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेको खण्डमा सर्वाधिक मत ल्याउने दुई जनाबीच पुनः दोस्रो चरणमा प्रतिस्पर्धा हुुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?