+
+

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा २६ लाखले दिए आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १२:०२

१६ फागुन, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निस्कासन (आईपीओ) मा माग भन्दा ३८ गुणा बढी आवेदन परेको छ ।

आईपीओका लागि आवेदन दिने अन्तिम दिन आइतबार साँझसम्म करिब २६ लाख वटा आवेदन प्राप्त भएको सडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।

संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका लागि गत बुधबारदेखि खुला भएको थियो । कुल ८ लाख २८ हजार ७५० कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी भने ७ लाख ७४ हजार ५६३ कित्ता सेयर छुट्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?