+
+

युक्रेनको राजधानी किएभमा कर्फ्यू हटेपछि किराना पसल खुल्न थाले

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १३:१३

१६ फागुन, काठमाडौं । युक्रेनको राजधानी किएभमा रुसी हमलापछि लगाइएको कर्फ्यू हटेको छ । कर्फ्यू हटेपछि त्यहाँका किराना पसल खुल्न थालेका छन् ।

भीषण बम एवं गोलाबारीबीच रुसी सेना प्रवेश गरेपछि किभएमा कर्फ्यू लगाइएको थियो । कर्फ्यूका बेला मानिसहरू भूमिगत रेल स्टेशनसहित सुरक्षित स्थानभित्रै बसेका थिए । युक्रेनका अधिकारीहरूले राजधानी आफूहरूकै नियन्त्रण रहेको भनेपछि गएरातिदेखि किएभका सडक केही शान्त देखिएका छन् ।

हाल किराना पसल खुल्न थालेका छन् । केही दिनदेखि युद्धको त्रासदी देखेका किएभवासीहरूले टेलिभिजन र फोन वरपर बसेर नयाँ जानकारी लिइरहेका छन् । विशेषगरी छिमेकी बेलारुसमा भएको जनमत संग्रहले बेलारुसी भूमिमा आणविक हतियार राख्ने प्रस्ताव पारित गरेको समाचारले मानिसहरू चिन्तित बनेको समाचारमा उल्लेख छ ।

तर, रुसी सेनासँग फाट्टफुट्ट भिडन्त जारी रहेको बीबीसीले जनाएको छ ।

यसैबीच, किएभका अधिकारीले युद्ध सुरु भएपछि एक लाख बढी मानिस सेनामा सामेल भएको बताएका छन् । युक्रेनका रक्षा मन्त्री ओलेक्सी रेज्निकोभले जारी युद्धलाई ‘युरोपेली युद्ध’ भन्दै हाल युक्रेन र युरोपबीच कुनै सीमा नरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?