+
+

सैनामैना बन्यो कोभिडविरुद्धको पूर्ण खोपयुक्त स्थानीय तह

टोपराज शर्मा टोपराज शर्मा
२०७८ फागुन १६ गते १४:१४

१६ फागुन, बुटवल । १२ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको दुबै मात्रा खोप लगाएपछि रुपन्देहीको सैनामैना नगरपालिका पूर्ण खोप सुनिश्चितता भएको स्थानीय तह बनेको छ ।

१२ वर्षमाथिका ७१ हजार ५१० जनसंख्या रहेको नगरपालिकामा १२ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको दुबै मात्रा खोप लगाएका नगरपालिकाको दावी छ ।

नगरभित्रका ६७ हजार ५९७ जनाले पूर्ण खोप लगाएपछि सर्वेक्षण गर्दा तीन हजार ९१३ जना छुटेको पाइएपछि उनीहरुलाई खोप दिएपछि कोरोनाविरुद्धको पूर्ण खोपयुक्त स्थानीय तह बनेको नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले अशक्त नागरिकलाई टोल टोलमा पुगेर खोप लगाइदिएको थियो । स्वास्थ्य कार्यालय रुपन्देही, विश्व स्वास्थ्य संगठनलगायतका संस्थाले तीन वटा वडामा नमुना सर्वेक्षण गर्दा ९५ प्रतिशत भन्दा धेरै नागरिकले पूर्ण खोप लगाएको पाइएपछि १५ फागुनमा नगरपालिकाकाका ११ वटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो ।

जिल्ला खोप समन्वय समितिले सोमबार मात्रै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरको प्रमाणपत्र दिएको छ ।

सोमबार नगरपालिकामा आयोजित समारोहमा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले जिल्ला खोप समन्वय समिति रुपन्देहीले प्रदान गरेको प्रमाणपत्र नगरप्रमुख चित्रबहादुर कार्कीलाई हस्तान्तरण गरे ।

सो अवसरमा नगरप्रमुख कार्कीले नेपाल सरकारको पूर्ण खोपको कार्यविधिमा रहेर काम गरेपछि देशभरकै पालिकामध्ये पहिलो पूर्ण खोप सुनिश्चित पालिका बनेको बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?