+
+

फिल्मले १ करोड कमाउँदा निर्माताको हातमा कति पर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १६:३६
फाइल तस्वीर

१६ फागुन, काठमाडौं । नेपाली चलचित्रले करोडौंमा ग्रस कलेक्सनको खबर सार्वजनिक भइरहँदा धेरैले निर्माताको हातमा ठूलो धनराशी आएको बुझ्छन् । चलचित्रले बक्स अफिसमा एक करोड ग्रस कलेक्सन गर्दा सबै रकम निर्माताको हातमा आउँछ भन्ने धेरैको बुझाइ हुन्छ । जसको वास्तविकता नबुझेर धेरै लगानीकर्ताहरु चलचित्रमा ठूलो रकम लगानी गर्न तम्सिन्छन् ।

तर एक करोड ग्रस कलेक्सन गर्दा निर्माताको हातमा यो सबै रकम आउँछ त ? वास्तविकता योभन्दा पर छ । कुनै चलचित्रले एक करोड ग्रस कलेक्सन गर्दा सबैभन्दा पहिले राज्यलाई कर तिर्नुपर्छ । स्थानीय करसहित गरेर १६ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । १६ प्रतिशत कर तिरेपछि रहने रकमलाई नेट भनिन्छ । जुन प्रदर्शक र निर्माताबीच बाँडफाँड हुन्छ ।

एक करोड ग्रस कलेक्सन गरेको चलचित्रको १६ प्रतिशत कर तिर्दा ८४ लाख रकम बाँकी रहन्छ । अब ८४ लाखबाट निर्माताको हातमा ४२ लाख रुपैयाँ पर्न जान्छ । तर यो सबै रकम पनि निर्माताको होइन ।

४२ लाखमध्ये निर्माताले डीसीएनलाई प्रत्येक शोको सर्भर चार्ज तिर्नुपर्ने हुन्छ । सर्भर चार्ज एक शोको ३५० देखि ५०० रुपैयाँसम्म छ । निर्माताले अब चलचित्र वितरकलाई पनि कमिसन दिनुपर्छ । जस्तो कि चलचित्र बनाउँदा वितरकले रकम सहयोग गरेका छन् भने १० देखि १५ प्रतिशत रकम कमिसन लिने गर्दछन् । यदि विनालगानी वितरकले वितरणको मात्र काम गरेका छन् भने ५ प्रतिशत कमिसन वितरकले पाउँछन् ।

यसरी हेर्दा निर्माताको हातमा ३५ लाख रुपैयाँ पर्न जाने वितरक करण क्रेजी बताउँछन् । अहिलेको परिस्थितिमा चलचित्र जति हप्ता चलेपनि निर्माताको हातमा ५० प्रतिशत नै पर्ने भएकाले पनि केही बढी रकम पर्न जान्छ । अन्य अवस्थामा भने मल्टिप्लेक्समा चलचित्र चल्दा पहिलो साता निर्माताले ५० प्रतिशत, दोस्रो साता ४५ प्रतिशत, तेस्रो साता ४० प्रतिशत र बाँकीको साता ३५ प्रतिशत शेयर पर्न जान्छ । यो अवस्थामा निर्माताको हातमा झनै कम रकम पर्न जान्छ । यसैले चलचित्र निर्माण गरेर लगानी सुरक्षित गर्दै नाफा कमाउन निर्माताका लागि चुनौतीपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?