+
+

राष्ट्रियसभा अध्यक्ष एकैदिन दुईवटा संसदीय समितिको बैठकमा सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १७:२१

फागुन १६, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना एकैदिन राष्ट्रियसभा अन्तर्गतका दुई समितिको बैठकमा सहभागी भएका छन् ।

सोमबार बसेको दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा अध्यक्ष तिमिल्सिना सहभागी भएका हुन् ।

दिगो विकास समितिले देशमा क्रियाशिल राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रमहरू एकद्वार प्रणालीअनुसार नियमन/सहजीकरण तथा अनुगमन र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेको योगदान बारे छलफल भएको थियो ।

त्यस्तै राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय गौरवका आयोजना अध्ययन तथा अनुगमन उपसमितिहरूको कामकारबाही बारे समितिले गरेको अध्ययन र अनुगमनबारे प्रतिवेदन पेश भएको थियो ।

कोरोना महामारी र विभिन्न राजनीतिक गतिरोधका कारण संसद बैठक नियमित बस्न नसकेको भन्दै अध्यक्ष तिमिल्सिनाले समितिको बैठकमार्फत् संसद जीवित छ भन्ने देखाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?