
१७ फागुन, काठमाडौं । मंगलबार महाशिवरात्रि पर्व । शिवरात्रिको अवसरमा नेपाली चलचित्रका केही कलाकारले आफूलाई भगवान शिवको रुपमा ढालेर तस्वीर खिचाएका छन् ।
विशेषगरी शिवरात्रिमा पुरुष कलाकारहरुले आफूलाई बढी शिवको अवतारमा ढाल्ने गरेका थिए । तर यसपटकको शिवरात्रिमा अभिनेत्री वर्षा सिवाकोटीले पनि फोटोसुट गरेकी छन् । वर्षाले आफूलाई शिवको अवतारमा फोटोसुट गरेकी हुन् ।
तर वर्षाले शिवरात्रिमा आफू अहिलेसम्म व्रत भने नबसेको बताइन् । उनले भनिन्, ‘म शिवरात्रिमा व्रत बस्दिनँ । तर शिव भगवानलाई भने मान्छु । शिवजस्तो पति पाउँ भन्ने चाहना पनि मेरो छैन ।’
शिवरात्रिमा पुरुष कलाकारले बढी शिवको अवतारमा फोटोसुट गर्ने भएकाले पनि यसपटक केही नयाँ गरौं भनेर आफूले पनि फोटोसुट गराएको उनले बताइन् । शिवरात्रिको दिनमा पनि आफू म्युजिक भिडियो छायांकनमै व्यस्त रहेको वर्षाले बताइन् ।
तस्वीर : कोयो फोटोग्राफी
प्रतिक्रिया 4