
१७ फागुन, काठमाडौं । आज महाशिवरात्रि पर्व । पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
सोमबार रातिदेखि नै भीड बढेको पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि दर्शनका लागि भक्तजन लाइन बसेका थिए । उनीहरूले लामो समय लाइन बसेर पशुपति दर्शन गरेका छन् ।
देशभरका विभिन्न भागसहित छिमेकी देश भारतका तीर्थयात्री समेत पशुपतिनाथ मन्दिरमा आएका छन् । आज बिहानै गृहमन्त्री बालकृष्ण खाँणसमेत पशुपतिनाथ मन्दिर पुगेका थिए ।
अघिल्लो वर्ष कोरोना महामारीका कारण प्रभावित शिवरात्रि यो वर्ष भव्य भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिमा भारतबाट करिब तीन हजार ५०० सन्तहरू आएका छन् ।
तस्वीर : शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4