
१७ फागुन, काठमाडौं । देशभरका कानुन व्यवसायीहरुको भेलाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जुनसुकै अवस्थामा स्वीकार गर्न नसक्ने बताएको छ ।
जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भइसकेको भन्दै मंगलबार सकिएको राष्ट्रिय भेलाले भनेको छ, ‘अब जुनसुकै अवस्थामा पनि चोलेन्द्र शम्शेर जबरालाई न्यायपालिका र सार्वजनिक दायित्वको पदमा स्वीकार गर्न नसक्ने उद्घोष गर्दछ ।’ नेपाल बार एशोसिएसनको भेलाले दर्ता भएको महाअभियोग प्रस्तावमाथि कारबाही प्रारम्भ गरी पारित गर्न समेत आह्वान गरेको छ ।
जबराको बर्हिगमन न्यायपालिकाको प्रस्थान विन्दु भएको भन्दै भेलाले भ्रष्टाचार, सेटिङ र पूर्वाग्रहमा परी न्षयमा विचलन ल्याउन शंकास्पद भूमिकामा देखिएका न्यायनधशिहरुमाथि छानविन गर्न समेत माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4