
१८ फागुन, सुर्खेत । वीरेन्द्रनगरमा मंगलबार बेलुकीदेखि जारी निषेधाज्ञा बिहीबार हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा हट्ने जानकारी गराएको हो ।
एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका विभिन्न दलले गरेको विरोध प्रदर्शनका कारण सोमबार बिहानदेखि वीरेन्द्रनगर तनावग्रस्त बनेको थियो ।
प्रदर्शन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले बिहीबार साँझदेखि कर्फ्यू लगाएको थियो ।
स्थिति सामान्य बन्दै गएपछि बुधबार ७ बजेदेखि वीरेन्द्रनगरका केही क्षेत्रमा मात्र निषेधाज्ञा लगाइएको थियो । सोमबार बेलुकी बन्दकर्ताहरुले विभिन्न दलका कार्यालयमा तोडफोड र आगजनीसमेत गरेका थिए ।
हेर्नुस् जिल्ला प्रशासन कार्यालय सुर्खेतको सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4