+
+

बबी देवल भन्छन्- तीन वर्ष डिप्रेसनमा रहँदा आफूलाई बुझ्ने मौका पाएँ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते ११:२८

१९ फागुन, काठमाडौं । बलिउड अभिनेता बबी देवलको करिअर पछिल्लो केही वर्षयता त्यति सुखद् छैन । उनी अभिनित चलचित्र ‘लभ होस्टेल’ केही दिनअघि मात्र ओेटीटी प्लेटफर्ममा रिलिज भएको छ । यो चलचित्रमा उनले गरेको अभिनयलाई दर्शकले रुचाएका छन् ।

बलिउडमा ‘नेपोटिज्म’को विषयमा चर्चा चलिरहँदा बबीले यो विषयमा आफ्नो मनको कुरा भारतीय सञ्चारमाध्यमसँग खोलेका छन् । उनले भने, ‘म खुसी छु किनकि म धर्मेन्द्र र हेमा मालिनीको घरमा जन्मिएँ । करिअरको सुरुवातमा दर्शकले मलाई निक्कै रुचाउनुभयो । यसकारण पनि मैले थुप्रै हिट चलचित्र दिएको छु । तर केही गलत निर्णयका कारण मैले काम पाउन छाडें ।’

बबीले अगाडि भनेका छन्, ‘यदि परिवारवादको कुरा गर्ने हो भने त मेरो पिता एक सफल अभिनेता हुनुहुन्छ । उहाँको कारणले पनि मलाई सधैं काम मिल्नुपर्ने हो । तर यस्तो हुँदैन ।’

बबीले काम पाउन छाडेपछि आफू तीन वर्ष डिप्रेसनमा गएको पनि बताएका छन् । ‘तीन वर्ष लामो डिप्रेसनको समयमा मैले आफूलाई बुझ्ने मौका पाएँ । जब मेरो हालत देखेर मेरो परिवार चिन्तित थिए, त्यसपछि मैले आफूलाई डिप्रेसनबाट बाहिर निकाल्ने कोशिश गरें ।’

फ्यानले अझै पनि पर्दामा आफूलाई हेर्न चाहेको भन्दै परिवारका सदस्यले सम्झाएको बबीले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?