+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

त्रिभुवन विमानस्थलमा आज हुँदैछ क्यालिब्रेसन फ्लाइट

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते ११:४०

१९ फागुन, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप भएको धावनमार्गको परीक्षणका लागि आज क्यालिब्रेसन फ्लाइट हुने भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडानका लागि आएको एरो थाईको जहाजबाट आज त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुने लागेको हो ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार दुई वटा प्रणालीको परीक्षणका लागि विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुन लागेको हो । यसमध्ये एउटा रेडियो उपकरणले काम गरे नगरेको परीक्षण गरिने छ ।

अर्को धावनमार्गमा जडान भएको लाइटको परीक्षण गरिने छ । यो लाइटले जहाजको अवतरणमा सहयोग गर्छ । एयारेथाईको जहाज अहिले काठमाडौं विमानस्थल मै रहेको छ ।

त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार भएपछि यस्तो परीक्षण भएको थिएन । यान्त्रिक उडानका दौरान नियमित उडानहरु प्रभावित हुनेछन् ।

एक पटकमा दुई घण्टासम्म चल्ने यस्तो उडानका बेला जहाजहरु होल्ड हुन सक्ने सिटौलाले जानकारी दिए । विमानस्थल बन्दै गर्नु पर्ने अवस्था भने नआउने सक्ने उनको भनाइ छ । अहिले विमानस्थलमा क्यालिब्रेसन उडान संचालन गर्ने सम्बन्धमा बैठक जारी रहेको र सोही बैठकले तोकेको समयमा उडान हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?