+
+

त्रिभुवन विमानस्थलमा आज हुँदैछ क्यालिब्रेसन फ्लाइट

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते ११:४०

१९ फागुन, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप भएको धावनमार्गको परीक्षणका लागि आज क्यालिब्रेसन फ्लाइट हुने भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडानका लागि आएको एरो थाईको जहाजबाट आज त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुने लागेको हो ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार दुई वटा प्रणालीको परीक्षणका लागि विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुन लागेको हो । यसमध्ये एउटा रेडियो उपकरणले काम गरे नगरेको परीक्षण गरिने छ ।

अर्को धावनमार्गमा जडान भएको लाइटको परीक्षण गरिने छ । यो लाइटले जहाजको अवतरणमा सहयोग गर्छ । एयारेथाईको जहाज अहिले काठमाडौं विमानस्थल मै रहेको छ ।

त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार भएपछि यस्तो परीक्षण भएको थिएन । यान्त्रिक उडानका दौरान नियमित उडानहरु प्रभावित हुनेछन् ।

एक पटकमा दुई घण्टासम्म चल्ने यस्तो उडानका बेला जहाजहरु होल्ड हुन सक्ने सिटौलाले जानकारी दिए । विमानस्थल बन्दै गर्नु पर्ने अवस्था भने नआउने सक्ने उनको भनाइ छ । अहिले विमानस्थलमा क्यालिब्रेसन उडान संचालन गर्ने सम्बन्धमा बैठक जारी रहेको र सोही बैठकले तोकेको समयमा उडान हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?