+
+

जेलेन्स्कीलाई मार्ने योजना विफल पारेको युक्रेनी अधिकारीको भनाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १३:११

१९ फागुन, काठमाडौं । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसको प्रयास विफल पारेको युक्रेनका अधिकारीले दाबी गरेका छन् ।

जेलेन्स्कीको हत्या गर्ने प्रयासबारे थाहा पाएलगत्तै त्यसलाई विफल पारिएको युक्रेनको राष्ट्रिय सुरक्षा एवं रक्षा परिषद‍्का अधिकारीले बताएका हुन् । परिषद्का प्रवक्ता ओलेक्सी डानिलोभले टेलिभिजनमा सम्बोधन गर्दै युक्रेनले हत्या प्रयासमा संलग्न भनिएका संदिग्ध षडयन्त्रकारीलाई मारेको समेत बताए ।

समाचार अनुसार चेचेनियाका नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी रमजान कादिरोभले जेलेन्स्कीको हत्या गर्न एक युनिट पठाएका थिए । तर, राष्ट्रपतिलाई मार्न पठाइएको उक्त युटिनलाई पहिचान गरी किएभको उत्तरी क्षेत्रमा अवस्थित होस्टेमेलमा सखाप पारिएको डानिलोभको भनाइ थियो ।

रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले समेत जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको र आफूहरूलाई उक्त योजनाबारे जानकारी भएको पनि डानिलोभले दाबी गरेका थिए । तर, स्वतन्त्र रुपमा उनको दाबी पुष्टि हुन भने सकेको छैन ।

जेलेन्स्कीले यसअघि युक्रेनमा सैन्य कारबाही सुरु भएपछि आफू रुसी सेनाको ‘पहिलो निशाना’ भएको बताएका थिए । उनले गत बिहीबार आक्रमणकारीको एक समूह किएभ छिरिसकेको र आफू तथा आफ्नो परिवारलाई खोजिरहेको बताएका थिए ।

उनले किभए छाड्न अमेरिकाले गरेको अनुरोध समेत अस्वीकार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?