+
+
रुस–युक्रेन युद्धको असर :

अन्तर्राष्ट्रिय बजारमा सोयबिन, गहुँ र कोइलाको मूल्यमा उच्च वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १४:३०

१९ फागुन, काठमाडौं । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलसँगै दैनिक उपभोग्य एवं औद्योगिक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ ।

गहुँको कच्चा पदार्थ मूल्य ७.२७ र सोयबिनको मूल्य २.०४ प्रतिशतले वृद्धि भएको छ । योसँगै गहुँको मूल्य प्रति बुसल ११२५ डलर र सोयबिनको प्रति बुसल १७०९ डलर पुगेको छ ।

यस्तै स्टिल, कोइला र फलामको मूल्य पनि बढेको छ । स्टिलको कच्चा पदार्थको मूल्य २.०७, कोइलाको ३२.८९ र फलामको २ प्रतिशतले मूल्य वृद्धि भएको छ । योसँगै स्टिलको प्रति टन ४ हजार ९७७, कोइलाको प्रति टन ४०० र फलामको प्रति टन १४४.५० डलर पुगेको छ ।

नेपालले कच्चा पदार्थको रुपमा आयत गरेर औद्योगिक उत्पादन गर्ने यी वस्तुको स्रोत मुलुकमै मूल्य बढ्दा उद्योगी र उपभोक्ताहरु थप दबाबमा पर्नेछन् ।

नेपाल आयाल निगमका पूर्व कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल भन्छन्, ‘तेलसँगै समग्र वस्तुको मूल्य बढ्ने देखिएको छ, सरकारले तत्काल नयाँ रणनीति र हस्तक्षेपकारी अभियान चाल्नुपर्छ ।’

यस्तै उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना आपूर्ति व्यवस्था सहज बनाउन सरकारले तत्काल काम नथाले मुलुक गम्भीर समस्यामा पर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?