+
+

सानेपामा देउवाबिनै कांग्रेस पदाधिकारी बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १५:१९

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्थाको विधान टुंग्याउनको लागि कांग्रेस पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ ।

तर पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन् । पदाधिकारीको बैठकले हालसम्म दलित संघको विधान टुंग्याएको छ ।

बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधानबारे छलफल भइरहेको महामन्त्री विश्‍वप्रकाश शर्माले बताए ।

उनका अनुसार बाँकी रहेका भ्रातृ संस्थाको विधान दुई/तीन दिनमा टुंगिनेछ ।

बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी छन् । आठ सह-महामन्त्रीमध्ये उमाकान्त चौधरी भने सहभागी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?