+
+

फागुन २६ सम्‍म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १७:०३

१९ फागुन, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउन २६ फागुनसम्मको समय दिएको छ । आयोगले २० फागुनमा मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगको वेवसाइटमार्फत सार्वजनिक गर्दैछ ।

नामावलीमा रहेका त्रुटि सच्याउन, झुटो विवरण दिई नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, एक भन्दा बढी स्थानमा नाम समावेश भएको भए एक ठउँको मात्र कायम गर्न र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन २६ फागुनसम्म निवेदन दिन सक्ने आयोगले बताएको छ ।

यदि कोही मतदाताको नामावलीमाथि उजुरी परे प्रमाणसहित सफाइको मौका पनि दिइने आयोगले जनाएको छ ।

आयोगका अनुसार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि अर्थमन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित पनि गरेको छ ।

स्थानीय निर्वाचनका लागि आयोगमा ८० दल दर्ता भएको र ती दलको निवेदनमाथि जाँचबुझ भएको भन्दै आयोगले दलहरुको अन्तिम नामावली फागुन २६ मा प्रकाशन हुने पनि जानकारी दिएको छ ।

स्थानीय तह निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका रुपमा खटाउन निर्वाचन आयोगले न्याय परिषद र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग जिल्ला न्यायाधीश तथा उपसचिवस्तरका कर्मचारीको नामावली माग गरेको थियो । ती नामावली प्राप्त भएको र अध्ययनको क्रममा रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

हेर्नुस् निर्वाचन आयोगको विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?