News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट संशोधन भई आएको मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई बहुमतले स्वीकृत गरेको छ ।
- कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सभाबाट प्राप्त संशोधन प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको थियो ।
- सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूको अवरोधबीच उक्त संशोधन प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाबाट मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ ।
आइतबार साँझ बसेको प्रतिनिधिसभाको तेस्रो बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकको संशोधनमाथि विचार गर्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सभाबाट प्राप्त भएको संशोधन प्रतिनिधिसभामा प्रस्तुत गरेकी थिइन् ।
विपक्षी दलहरूको अवरोधबीच सभामुख अर्यालले उक्त संशोधन प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4