+
+

रोमानियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १८:३२

१९ फागुन, काठमाडौं । रोमानियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ ।

कृष्ण सागरनजिकै अवस्थित गुरा डोब्रोगेई क्षेत्रमा आईएआर-३३० प्युमा हेलिकप्टर दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी चालकसहित हेलिकप्टरमा सवार ८ जनाको मृत्यु भएको रोमानियाको रक्षा मन्त्रालयले जनाएको छ । खराब मौसमका कारण दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

रोमानियाका राष्ट्रपति क्लाउस आइओहानिसले विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले दुर्घटनालाई ‘रोमानियाको उड्डयनका लागि खराब रात’समेत भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?