+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

स्थानीय तह निर्वाचन : मतदाता नामावलीमा दाबी विरोध आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते ७:२८

२० फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान गरेको छ । ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा आजदेखि ७ दिनसम्म दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगले तोकेका अधिकारीहरुले ती उजरी उपर छानबिन गरी मतदाता नामावलीबाट नाम हटाउन सक्ने छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उक्त समयसीमाभित्र मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र कायम गर्न पनि निवेदन दिन पाइने छ ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ ।

स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूले दर्ताका लागि दिएको निवेदनउपर आयोगले जाँचबुझ गरिरहेको आयोगका प्रवक्ता पौडेलले बताए । आयोगले तोकेको ५ फागुनदेखि १५ फागुनसम्मको अवधिभित्र ८० दलले दल दर्ताको लागि निवेदन दिएका थिए ।

हाल दल दर्ताका लागि परेका निवेदन उपर जाँचबुझ भइरहेको आयोगले जनाएको छ । छानबिन फागुन २३ गतेभित्र टुंग्याउने आयोगको कार्यतालिका छ । त्यसपछि प्रक्रिया पुर्‍याएका दलहरुको नामावली राजपत्रमा प्रकाशित हुने र राजपत्रमा प्रकाशित भएका दलहरुले मात्र स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?