+
+

चार महिने शिशुको मृत्युपछि कोशी अस्पतालमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १४:१४

२० फागुन, विराटनगर । उपचारका क्रममा चार महिने शिशुको मृत्यु भएपछि विराटनगरको कोसी अस्पतालमा प्रदर्शन भएको छ ।

शुक्रबार उपचारका क्रममा चार महिने शिशु आरभ चौधरीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् ।

मृतकका आफन्तका अनुसार स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान शिशुलाई अस्पताल ल्याइएको थियो ।

इमरजेन्सीमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएको समूहले अस्पतालमा तोडफोडको प्रयास पनि गरेको छ । करिब दुई घण्टा प्रदर्शन गरेका मृतकका आफन्तले शव बुझेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । चिकित्सकले अब लापरवाही नगर्ने सहमतिपछि आफन्तले शव बुझेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?