+
+

सामाजिक सञ्जालको दुरूपयोग गरी अफवाह फैलाए कारबाही गर्ने साइबर ब्‍यूरोको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १५:३२

२० फागुन, काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी युट्युब, टिकटकलगायतमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्‍दै उक्त कार्य नगर्न प्रहरी प्रधान कार्यालय, साइबर ब्‍यूरोले आग्रह गरेको छ ।

शुक्रबार साइबर ब्‍यूरोले सूचना जारी गर्दै विगत केही समयदेखि विभिन्‍न व्‍यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी गम्भीर प्रकृतिको अपराध अनुसन्धान कार्यलाई प्रभावित पार्ने कोशिस गरिरहेको भन्दै ध्यानाकर्षण गराएको हो ।

यस्ता कार्य गरेमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही हुने भन्दै यस्ता कार्य नगर्न आग्रह गरेको हो ।

हेर्नुस् साइबर ब्‍यूरोको सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?