+
+

कांग्रेसको बाँके सभापतिमा शेखर समूहका गौडेल विजयी

नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् । पहिलो चरणमा तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि शुक्रबार पुनः मतदान भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १७:५३

२० फागुन, बुटवल । नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् । पहिलो चरणमा तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि शुक्रबार पुनः मतदान भएको थियो ।

संस्थापन पक्षका बादशाह कुर्मीलाई ९७ मत अन्तरले पराजित डा. शेखर कोइराला समूहका गौडेल विजयी भएका छन् । गौडेलले ७६० मत पाउँदा कुर्मीले ६६३ मत पाएका छन् ।

एक हजार ४९३ मतादाता रहेकामा एक हजार ४३९ मत खसेको थियो, जसमध्ये १६ बदर भएको छ ।

बिहीबार भएको पहिलो चरणको मतदानमा गौडेलले सबभन्दा बढी ५६९ मत ल्याएका थिए भने कुर्मीले ५३८ र संस्थापन समूहकै सुरेन्द्र हमालले ३१४ मत प्राप्त गरेका थिए ।

दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका हमालले गौडेललाई समर्थन गरेपछि उनलाई सहज भयो ।

पार्टी सभापति शेरबहादुर देउवाले कुर्मीलाई समर्थन गर्न निर्देशन दिएपनि हमालले नमानेको कांग्रेस बांकेका एक नेताले बताए । ‘बाँकेमा संस्थापन पक्षमा झण्डै ६५ प्रतिशत मत भएपनि आपसी किचलोले संस्थापनले नेतृत्व गुमाएको हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?