
२० फागुन, काठमाडौं । बेनिशा हमालको मुख्य भूमिका रहेको लभस्टोरी फिल्म ‘प्रेमगञ्ज’ आगामी भदौ ३ गते रिलिज हुने भएको छ । निर्माण कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त मितिमा फिल्मलाई देशव्यापी रिलिज गर्न लागिएको उल्लेख गरेको छ ।
बेनिशासहित तेज गिरी र सम्पदा बानियाँको मुख्य भूमिका रहेको फिल्ममा राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खनालले डेब्यु गरेका छन् । कोरोना महामारीको कारण छायांकन प्रभावित बनेको फिल्मले अन्ततः प्रदर्शन मिति तय गरेको हो ।
७० दिन लगाएर छायांकन गरिएको फिल्मको कुल बजेट दुई करोडभन्दा धेरै बताइएको छ । निर्देशक परिच्छेद सेनले दर्शकसामु फिल्मलाई ल्याउन आफूहरु उत्साहित रहेको बताए ।
उनका अनुसार प्रेमकथामा आधारित फिल्मको बटमलाइन ‘जो जीवनमा छ ऊ मनमा छैन, जो मनमा छ ऊ जीवनमा छैन’ रहेको छ । निर्देशक सेनको यो पहिलो फिचर फिल्म हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4