+
+

काठमाडौंका सडकमा गुड्न थाले प्रोटोन एक्स५०

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते २०:०४

काठमाडौं । बहुप्रतिक्षित मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयूभी प्रोटोन एक्स५० गाडी काठमाडौंका सडकमा गुड्न थालेका छन् ।

काठमाडौंका सडकमा गुडेका प्रोटोन एक्स५० मा उन्नत चालक सहायता प्रणाली (एडीएएस) सहितको सुविधा रहेको कम्पनीको भनाइ छ । जुन केही प्रिमियम निर्माताहरूमा मात्र देखिन्छ।

यो प्रोटोनबाट नेपालमा नयाँ प्रिमियम कम्प्याक्ट एसयूभी खण्ड निर्माण गर्ने एक स्टाइलिस प्रस्ताव हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनी स्रोतका अनुसार प्रोटोन एक्स५० चार संस्करणमा आउने छ । यसमा १.५ लिटर टर्बोचार्ज्ड थ्री-सिलिन्डर र शीर्ष फ्ल्यागसीप भेरियन्टमा टीजीडीआई (डायरेक्ट इन्जेक्शन) टर्बोचार्ज्ड थ्री-सिलिन्डर पेट्रोल हुनेछ । टीजीडीआई इन्जिनले १३०पीएस पावर र २५५ एनएम टर्कको संख्या बढाएर १५० पीएस अधिकतम पावर र २२६ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्रोटोन एक्स५० मा उत्कृष्ट-इन-क्लास सुविधाहरू समावेश रहेका छन् । जस्तै ६ एयरब्याग, ईबीएस र बीएसँग एबीएस, अटो हेडलाइट र वाइपर, किलेस एन्ट्री (अगाडि ढोका ह्यान्डलहरूमा सक्रिय टच सेन्सरहरू सहित), पुश- स्टार्ट, ३६० डिग्री क्यामेरा, ८ स्पिकर, ८ इन्च इन्फोटेनमेन्ट स्क्रिन, स्वायत्त आपतकालीन ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू रहेका छन् । एक्स५०सँग एएसईएन-एनसीएपीबाट पूर्ण ५-तारे क्र्यास टेस्ट रेटिङ पनि रहेको छ।

नेपालका लागि प्रोटोन कारको आधिकारिक वितरक जगदम्बा मोटर्स हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?