+
+

शहीद स्मारक बी डिभिजन लिग : शनिबार तीन खेल हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते २०:००

२० फागुन, काठमाडौं । झम्सीखेल युथ क्लबविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा शुक्रबार सरस्वती युथ क्लबले राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा अंक बाँडेको छ । ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा सरस्वतीले झम्सीखेलसँग १–१ गोलको बराबरी खेलेर अंक बाँडेको हो । सरस्वतीका लागि खेलको २२औं मिनेट सन्जीब रानाले गोल गर्दै अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा तीर्थ बहादुर बस्नेतले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

शुक्रबारै सम्पन्न दिनको पहिलो खेलमा मध्यपुर युथ एसोसियनले सामाजिक युथ क्लबलाई ५–२ गोल अन्तरले हराउँदै लिगमा विजयी सुरुवात गरेको हो । जितसँगै मध्यपुरले शहीद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गर्दा सामाजिक युथ क्लबले हारबाट लिग आरम्भ गरेको छ ।

लिगमा शनिबार तीन खेल हुनेछन् । तीन वटै खेल एन्फा मुख्यालयको कृत्रिम मैदानमा हुनेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?