+
+

चीनको रक्षा बजेट करिब ७ प्रतिशतले वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २१ गते ९:५८

२१ फागुन, काठमाडौं । चीनले सन् २०२२ को रक्षा बजेट करिब ७ प्रतिशतले बढाएको छ । समाचार एजेन्सीले एएफपीले सरकारी बजेट रिपोर्टलाई उद्धृत गर्दै चीनले ७.१ प्रतिशत रक्षा बजेट बढाएको उल्लेख गरेको छ ।

समाचार अनुसार एक सरकारी बजेट रिपोर्टबाट चीन सरकारले २३० अर्ब डलर राष्ट्रिय सुरक्षाका लागि छुट्टाएको छ । यसअघि सन् २०२१ मा चीनले २०९ अर्ब डलरको रक्षा बजेट पेश गरेको थियो ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले रक्षा बजेट वृद्धिको कारणमा सकारात्मक आर्थिक विकास र सुरक्षा खतरा भनेको छ ।

चीनका सैन्य विशेषज्ञ फु कियानशाओले ग्लोबल टाइम्ससँग कुरा गर्दै रक्षा खर्च राष्ट्रिय अर्थव्यवस्थाको विकाससँग नजिकबाट जोडिने भएकाले सैन्य खर्च वृद्धिलाई स्वाभाविक भनेका छन् ।

चीनले हरेक वर्ष रक्षा बजेट बढाउँदै आए पनि यस पटक रुसको आक्रामकतासँग जोडेर हेरिएको छ । जर्मनीले पनि हालै रक्षा बजेट बढाएको थियो ।

सबैभन्दा धेरै रक्षा बजेट छुट्याउने देशहरुको सूचीमा अमेरिका पहिलो स्थानमा छ । चीन दोस्रो, भारत तेस्रो र रुस चौथो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?