
२२ फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने छ ।
बैठकको कार्यसूची तय गर्न बिहान साढे ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।
संसद सचिवालयले शनिबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन पेश गर्ने उल्लेख छ ।
कार्य व्यवस्थाको बैठकले कार्यसूचीलाई अन्तिम रुप दिने भएकाले सम्भावित कार्यसूची संशोधन पनि हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4