+
+

भारतमा सर्वाधिक बिक्री हुने सूचीमा टाटा नेक्सन

फेब्रुअरीमा मात्रै १२,२५९ नेक्सन एसयूभी बिक्री

कम्पनीका अनुसार फेब्रुअरीमा ब्रेजा, भेन्यू र क्रेटालाई पछि पार्दै टाटा नेक्सन शीर्ष एसयूभी बन्न सफल भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १६:०३

काठमाडौं । सन् २०२२ को फेब्रुअरीमा टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री हुने एसयूभी बनेको छ । कम्पनीका अनुसार यसले हुन्डाई, किया र महिन्द्राका एसयूभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो ।

टाटा मोटर्सले गत जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकीलाई पछाडि पार्दै आफू शीर्ष स्थानमा आउन सफल भएको थियो । टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको थियो । फेब्रुअरीमा भने कम्पनीले १२ हजार २५९ वटा नेक्सन एसयूभी बिक्री गरेको छ ।

कम्पनीका अनुसार गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ५४.६ प्रतिशतले बढी हो । टाटाले सन् २०२१ को फेब्रुअरीमा भने ७ हजार ९२९ वटा नेक्सन बिक्री गरेको थियो ।

कम्पनीका अनुसार प्यासेन्जर कार सेग्मेन्टमा टाटा नेक्सन स्टाइल, प्रविधि, डिजाइन, विशेषता र अन्य सुविधाहरूका कारण निकै रुचाइएको एसयूभी हो । नेक्सनको बनोट र विशेषताहरू उत्कृष्ट हुनुका साथै यो सब-फोर मिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिन जडित भएका कारण धेरैको रोजाइमा पर्न सफल छ । साथै, नेक्सन टाटा मोटर्सका निकै सुरक्षित कारहरु मध्ये पर्ने कम्पनीको भनाइ छ ।

फेब्रुअरीको बिक्री तथ्यांकअनुसार नेक्सनपछि दोस्रो स्थानमा हुन्डाईको भेन्यू परेको छ । यो १० हजार २१२ वटा बिक्री भएको छ । गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा यो ९ प्रतिशतले कम हो ।

यसबाहेक फेब्रुअरीमा सबैभन्दा धेरै बिक्री हुने एसयूभीमध्ये चौथो स्थानमा टाटा पन्च परेको छ । टाटाले गत फेब्रुअरीमा मात्रै ९ हजार ५९२ वटा पन्च बिक्री गर्‍यो । कम समयमै ग्राहकहरुको मन जितेर युवादेखि वृद्धसम्म सबैको रोजाइमा पर्दै आइरहेको यो एसयूभी सुरक्षाको मामिलामा फाइभ स्टार रेटिङ पाउने उत्कृष्ट गाडीमा पर्न सफल भएको छ ।

यसपछि पाँचौ स्थानमा परेको मारुती ब्रेजाले फेब्रुअरीमा ९ हजार २५६ वटा बिक्री गरेको छ । त्यस्तै, गत महिनामा मात्रै ६ हजार ५७५ वटा सेल्टस बिक्री गरेको किया सर्वाधिक बिक्री हुने सूचीको छैंटो स्थानमा परेको छ ।

सर्वाधिक बिक्री हुनेमध्ये सातौं स्थानमा कियाको सोनेट परेको छ। कियाको सोनेट ६ हजार १५४ वटा बिक्री भएको हो । सन् २०२१ को सोही महिनामा ७ हजार ९९७ वटा सोनेट बिक्री भएको तुलनामा यो २३ प्रतिशतले कम हो ।

त्यसैगरी आठौं र नवौं स्थानमा महिन्द्राको थार र एक्सयूभी-३०० परेको छ । कम्पनीले ५ हजार ७२ वटा थार र ४ हजार ५११ वटा एक्सयूभी-३०० बिक्री गर्‍यो । सन् २०२१ को सोही महिनाको तुलनामा थारको बिक्रीदर ७८.४ प्रतिशतले बढेको हो भने एक्सयूभी-३०० को बिक्रीदर ४२ प्रतिशतले बढेको छ । फेब्रुअरीमा सर्वाधिक बिक्री हुने दशौं स्थानमा महिन्द्राको एक्सयूभी-७०० परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?