+
+

सालकको छालासहित एकजना सोल्टीमोडबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १८:१९

२२ फागुन, काठमाडौं । प्रहरीले संरक्षित वन्यजन्तुको सालकको आखेटोपहारसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १३ सोल्टीमोडबाट संरक्षित वन्यजन्तुको छाला (आखेटोपहार)सहित काठमाडौंको तारकेश्वर नगरपालिका-१० नेपालटार बस्‍ने ४० वर्षीय गोपाल बानियाँलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट संरक्षित वन्यजन्तुको २ थान छला, मोबाइल फोन, कालो झोला बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?