
काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले भक्तपुरको राधे राधेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । योसँगै देशभर हुन्डाईको शोरुमको संख्या १५ पुगेको छ ।
कम्पनीले सञ्चालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ अनुभव प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । हुन्डाई मोटर्सले उत्पादन गरेको आधुनिक गाडीहरु नयाँ शोरुममा प्रदर्शनमा राखिएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार भक्तपूर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरुलाई लक्षितगरी सञ्चालनमा ल्याइएको यस शोरुममा सेल्स, सर्भिस र स्पेयर्सपाट्स सहितको थ्रीएस सेवा उपलब्ध रहेको छ ।
नयाँ शोरुममा दक्ष र अनुभवी कर्मचारीहरु रहने भएकोले ग्राहकले सबै किसिमका आवश्यक सेवा छरितो र सहज तरिकाले लिन सक्नेछन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपाल भरमा १५ वटा शोरुम तथा १९ वटा सर्भिस स्टेसन रहेको छ ।
प्रतिक्रिया 4