+
+

माओवादीले स्थानीय चुनावअघि पदाधिकारी चयन नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १५:०९

२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी स्थानीय तहको चुनाव अगाडि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो चयन नगर्ने भएको छ ।

२० फागुनमा सुरु भएको बैठकमा पदाधिकारी चयनको विषयलाई प्रमुख एजेण्डाका रुपमा राखिएको थियो । तर, पदाधिकारीमा आकांक्षीहरु धेरै हुँदा सहमति जुट्न सकेन । गत पुसमा भएको महाधिवेशनले पदाधिकारी चयन नगरी केन्द्रीय सदस्य मात्र चयन गरेको थियो । त्यतिबेला केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने भनिए पनि स्थानीय तहको चुनावअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो गठन नहुने भएको नेता वर्षमान पुनले बताए ।

‘अब आगामी निर्वाचनलगत्तै हामी पदाधिकारी र अन्य निकायहरुको चयनहरु गर्छौं’ उनले भने । पदाधिकारी चयन गर्नका लागि समयको अभाव भएको पुनको भनाइ छ । ‘विधान अनुसार पदाधिकारी चुन्न पाएको भए राम्रो हुन्थ्यो । तर, हामीसंग समयको अभाव भयो’ उनले भने ।

पार्टीको आधिकारिक निर्णयका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्ने गरी एउटा टिम बनाउने गृहकार्य भएको र त्यो टिममा रहने सदस्यहरु चयन गर्ने अधिकार स्वयं अध्यक्षलाई दिने तयारी भएको नेता पुनले बताए ।

अर्को केन्द्रीय कमिटी बैठक जेठ २० गते

नेता पुनले अर्को केन्द्रीय कमिटी बैठक आगामी जेठ २० गते बस्ने निर्णय भएको पनि जानकारी दिए । उक्त बैठकमा एमसीसी सम्झौतालाई लिएर आएको फरक मतबारे छलफल गर्ने पनि निर्णय भएको उनले बताएका छन् ।

यसैगरी, महाधिवेशनले २९९ सदस्य चुन्नुपर्नेमा त्यो अपूर्ण रहेकाले पूर्ण बनाउने गृहकार्य जारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?