+
+

माओवादी केन्द्रले एमसीसीबारे चुनावपछि छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १८:२१

२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) बारे पार्टीभित्र स्थानीय निर्वाचनपछि मात्र छलफल गर्ने भएको छ ।

१५ फागुनमा प्रतिनिधिसभाबाट पारित भएको एमसीसी सम्झौताबारे माओवादी केन्द्रभित्र चर्को मतभेद छ । तर निर्वाचनमा केन्द्रित हुनका लागि एमसीसी बहसलाई पर सारिएको केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

‘एमसीसीका विषयमा उठेका कुराहरु अब चुनावपछि छलफल हुन्छ’ उनले भने, ‘जनताका बीचमा यो विषय लैजानका लागि पार्टीले अपिल जारी गर्छ ।’ पदाधिकारी चयनका विषयमा पनि चुनावपछि छलफल हुने नेता शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?