
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यो अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् ।
यस अफरमा प्रिपेड ग्राहकका लागि विभिन्न ६ वटा भ्वाइस प्याकहरू उपलब्ध रहेका छन् । सोमबारदेखि सञ्चालनमा आएको अफर अन्तर्गत ग्राहकले करसहित रु .१४ देखि रु. ३८५ सम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समय सीमा भएका प्याकहरूबाट फाइदा लिन सक्छन् । यी भ्वाइस प्याकहरू मार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढी शुल्क लाग्ने कुनै दरविना भ्वाइस कल सेवा लिन सक्छन् ।
ग्राहकले १ दिन समय अवधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम कर सहित रु. १४ मा लिन सक्छन् भने ३ दिन समय सीमा रहेको ६५ टक टाइम रु. ४५ मा सुचारु गर्न सक्छन् । त्यसैगरी रु. ९४ मा ७ दिन समय सीमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ । प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स१७११८एष्ट्रिक्स३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनौट गरी सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । धेरै समय सीमासहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समय सीमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सक्छन् ।
यसका साथै ग्राहकका लागि २८ दिन समय सीमा रहेको दुई वटा अन्य प्याकहरु पनि छन् जस अन्तर्गत ग्राहकले रु. २६५ मा ४७५ मिनेट टक टाइम र रु. ३८५ मा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले यी मध्ये कुनै पनि भ्वाइस प्याक जति पटक पनि सुचारु गर्न सक्ने कम्पनीको भनाइ छ ।
ग्राहकका लागि भ्वाइस सेवा अझै सुलभ बनाउँदै सबै लोकल नेटवर्कमा कल शुल्क घटाउँदै आकर्षक भ्वाइस प्याक ल्याइएको एनसेलले जनाएको छ ।
शुल्क | मिनेट | समय सीमा |
रु १४ | १४ | १ दिन |
रु ४५ | ६५ | ३ दिन |
रु ९४ | १५० | ७ दिन |
रु १३५ | २२५ | १४ दिन |
रु २६५ | ४७५ | २८ दिन |
रु ३८५ | ७५० | २८ दिन |
प्रतिक्रिया 4