
२४ फागुन, काठमाडौं । सन् २०१६ मा रिलिज भएको फिल्म ‘वीर विक्रम’बाट अभिनय यात्रा थालेकी दीया पुन हङकङमा जन्मिइन्, लण्डनमा हुर्किइन् र काठमाडौंलाई कर्मथलो बनाउन सक्रिय छिन् ।
पेसाले लण्डनमा नर्स समेत रहेकी दीयाले फिल्मबाहेक केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् । लण्डनको सान्ड्रा रेनल्डेमार्फत उनले केही विज्ञापनमा मोडलिङ समेत गरेकी छन् ।
‘वीर विक्रम’मा गाउँले युवतीको चरित्र चित्रण गरेकी दीयाको अभिनयलाई समीक्षकले समेत रुचाएका थिए । सन् २०१८ मा दीयाको अर्को फिल्म ‘मिस्टर झोले’ रिलिज भयो । ‘दयारानी’ र ‘मन्त्र’ उनका प्रदर्शन तयारीमा रहेका फिल्म हुन् ।
दीयाकी आमाले समेत केही नेपाली फिल्ममा अभिनय गरेकी छन् । दीयाको पुख्र्यौली थलो म्याग्दीको शिख गाउँपालिका हो । पर्वतारोहण र समाजसेवामा समेत सक्रिय दीयाले यही अप्रिलमा सगरमाथा आरोहण समेत गर्दैछिन् ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4