+
+
WC Series
Oman
113/9 (20)
VS
Nepal won by 38 runs
Won Nepal
151/9 (20)
Shares

प्रदेश र पालिकाले प्रक्रिया नपुर्‍याई गरेका बढुवा रद्द गर्न पहल गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १८:५१

२४ फागुन, बुटवल । लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुको रुपन्देहीको मणिग्राममा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

सम्मेलनले प्रदेश तथा स्थानीय तहहरुले प्रक्रिया पूरा नगरी गरेको बढुवा, तह वद्धि, स्तरवृद्धि लगायतका काम सम्बन्धित प्रदेश लोकसेवा आयोगहरुले रद्द गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए ।

यस्तै १६ वैशाख २०७६ मा सरकारले निर्धारण गरेको मर्यादाक्रम पुनरावलोकन गर्न माग गर्ने, प्रदेश लोकसेवा आयोगको परीक्षा दस्तुर र पारिश्रमिक लोकसेवा आयोगबाट स्वीकृत दररेटसँग एकरुपता कायम गर्न पहल गर्ने, वार्षिक कार्यतालिका तयार गर्दा प्रदेश लोकसेवा आयोगहरुले यथासम्भव एकैपटक प्रकाशन गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।

संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको पदमा कार्यरत स्थायी कर्मचारीलाई परीक्षामा उमेरको हद नलाग्ने, कुनै लोकसेवा आयोगले कारवाही गरेका उम्मेदवारलाई सबै लोकसेवा आयोगको परीक्षामा आवेदन दिन नपाउने गरी कानुनी व्यवस्था गर्ने सम्मेलनले निर्णय गरेको छ ।

त्यस्तै अन्तर प्रदेश समान तहको पदमा उम्मेदवार हुन नपाउने, कर्मचारीको वृत्ति विकासका आधार र मापदण्डलगायतको विषयमा लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोग ऐनमा आवश्यक व्यवस्था गर्ने पनि सम्मेलनले निर्णय गरेको छ ।

लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबीच आवश्यक सूचना आदान प्रदान गर्न एकीकृत सूचना प्रणाली स्थापना गर्ने, प्रत्येक वर्ष फागुन २३ र २४ गते लोकसेवा आयोगहरुको राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि सम्मेलनले गरेको लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए ।

सम्मेलनमा संघीय लोक सेवा आयोग र ७ वटै प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरू सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?